तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक : सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम जारी


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आजदेखि मन्त्रालयगत रुपमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ ।

संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले स्वास्थ्य सेवा सुधारका लगि मन्त्रालयले स्पष्ट नीति बनाएर काम अगाडी बढाएको जानकारी दिनुभयो ।

मन्त्री यादवले स्वास्थ्य सेवा लिन जाँदा उपचारका क्रममा अस्पताल तथा फार्मेसीमा लाग्ने लामो लाइन व्यवस्थित गर्न मन्त्रालय डिजिटल प्रणालीमा जाने गरी अगाडी बढेको भन्दै उपचारका क्षेत्रमा नागरिकले महसुस गर्ने गरी काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत रुपमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button