गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९६ करोड (पूर्णपाठ)
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा जानकारी दिनुभयो । चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको भन्दा आउँदो वर्षका लागि ८५ करोडले कम बजेट हो । भौतिक पूर्वाधार क्षेत्रमा आउँदो वर्षको लागि १२ अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ । ऊर्जा तथा जलश्रोतको क्षेत्रमा भने ४ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । कृषि तथा भूमि व्यवस्थापन गर्न २ अर्ब ९ करोड बजेट विनियोजन गरिएको मन्त्री डा. गुरुङले बताउनुभयो ।
सामाजिक बिकास तथा स्वास्थ्यको क्षेत्रमा ५ अर्ब ४७ करोड बिनियोजन गरिएको उहाँले बताउनुभयो । लगानी प्रवर्द्धनमा जोड दिँदै उत्पादन र उत्पादकत्वमा प्राथमिकता दिइएको मन्त्री गुरुङले बताउनुभयो ।
गाँजा खेती प्रवर्द्धन गर्न पनि रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । पशु खोप सबै स्थानीय तहमा उपलब्ध गराइने भएको छ । बजेटमा प्रदेशका २९ वटा औद्योगिक क्षेत्रमध्ये ३ वटामा लगानी गर्ने उहाँले बताउनुभयो । युवाहरूलाई उद्यमी बनाउन सहुलियत दरमा कर्जा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ मा ३३ अर्ब ८२ करोड विनियोजन गरेको थियो ।
बजेटको पूर्णपाठ
प्रतिक्रिया राख्नुहोस्