तपाईँ सुन्दै हुनुहुन्छः

रोपाइको खाना खाँदा एकै गाउँका २०जना भन्दा बढी बिरामी

डडेल्धुरा । परशुराम नगरपालिकामा रोपाइको खाना खाँदा एकै गाउँका २० जना भन्दा बढी एकैसाथ बिरामी परेका छन् ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका -४ कटाल गाउँका करिब २० जना भन्दा बढी मानिसहरू एकै साथ बिरामी परेका हुन ।

जोगबुडा अस्पतालका सूचना अधिकारी जय बहादुर धामीका अनुसार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन । उनले भने रोपाइँमा गएका सबै जसो मानिसलाई झाडा-पखाला र वान्ता हुने समस्या देखा परेको छ । अस्पतालमा अहिले २० जना भन्दा बढी मानिसहरू उपचार गराइरहेका छन् भने ७ जना बिरामीलाई थप उपचारको लागि धनगढी रिफर गरिएको समेत बताए । जोशीका अनुसार फुड पोइजन बाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याब टेस्टबाट मात्र रोगको पहिचान हुने बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button