तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयसम्बन्धी छलफल बिहीबार

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी गराउनुभयो ।

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजो मङ्गलबार युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको थियो ।

आजको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३१ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button