प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले स्वास्थ्यमा समान पहुँच, मनसुनका समयमा हुन सक्ने क्षति न्युनिकरण, सडक विस्तार र सुधार, भौतिक पूर्वाधार निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थल सञ्चालनका लागि आवश्यक रकम छुट्ट्याउन सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले देशभरका सरकारी अस्पतालहरूमा साना वा ठूला रोगको उपचारका लागि लामो समय कुर्नुपर्ने समस्या रहेको भन्दै त्यसको समाधान गर्न र अस्पतालहरूमा जनशक्तिको प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मनसुन सुरु भएपछि बाढी पहिरोले बढी क्षति हुने सिन्धुपाल्चोक लगायतका जिल्लाहरूका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्षति न्युनिकरणका लागि प्रभावकारी योजना बनाएर काम गर्न समेत सांसदहरुले सरकारलाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्