राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुन्छ : मन्त्री श्रेष्ठ
सुर्खेत । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै मितिमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमै हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ ।

आउँदो मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोलीसहित आज सुर्खेत आइपुग्नुभएका मन्त्री श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
उहाँले संरचना निर्माणको सन्दर्भमा संघ सरकारले १० करोड छुट्टाउन खोजे पनि बजेट अभावका कारण प्रतियोगितामा मात्रै केन्द्रित गरिएको जानकारी दिनुभयो ।

यसअघि वीरेन्द्रनगरमा निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले कर्णालीले पहिलो पटक यति ठूलो संरचना बनाइरहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्