तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा शुरु

विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा शुरु भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको संयुक्त आयोजनामा भएको सुरक्षा गोष्ठीको उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्नुभयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्ला तहका सुरक्षा निकायका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको छ ।

गोष्ठीमा कोशी प्रदेशको विशिष्ट सुरक्षा समस्या त्यसको समाधानका उपाय, सङ्घीयता कार्यान्वयनका लागि अपनाउनुपर्ने तत्कालीन र दीर्घकालीन योजना, तथा शान्ती सुरक्षा र विपद् व्यवस्थापनका लागि भइरहेको महत्त्वपूर्ण कार्य तथा नीतिगत योजनाका विषयमा संघ, प्रदेश र जिल्ला स्तरमा सुरक्षा निकायबिच समन्वय र सहकार्यका विषयमा छलफल हुने आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।

गोष्ठीमा कोशी प्रदेश तथा १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्थाका बारेमा जनाकारी गराउने र त्यस विषयमा छलफल हुने सचिव पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button