प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बाढी पहिरो, डुबानलगायतका विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण, सडकको स्तरोन्नति, पूर्वाधार विकासलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको विशेष समयमा बोल्दै सांसदहरुले सहकारी अपचलन सम्बन्धमा संसदीय छानविन समितिले निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले सगरमाथा क्षेत्रमा बाह्य पर्यटक जाने वातावरण बनाउन लुक्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने, जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेकाले विपद्हरुको सामना गर्न गृह प्रशासनलाई तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले राष्ट्रिय गौरबका आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न, लागुऔषधको दुव्र्यसन रोक्न र अपांगता भएका व्यक्तिहरुलाई सहज रुपमा स्वास्थ्य शिक्षा र रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्