तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा जिप दुर्घटना २ जनाको मृत्यु, ७ जना घाइते 

डोटी । डोटीको जोरायल गाउँपालिका १ खडिनामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दार्चुलाबाट धनगढी जाँदै गरेको सु.प.प्र. ०१,००१ ज १४८९ को जिप आज (बुधबार )बिहान करिब साढे ४ बजेतिरको समयमा दुर्घटनामा हुँदा दार्चुलाको लेकम गाउँपालिका ४ पैतोलीका करिब ४० र ४२ वर्षीय धौली देवी धामी र सोही गाउँपालिका वडा नम्बर ३ कि ३ वर्षीय रित्तिका पार्कीको मृत्यु भएको जनाएको छ । मृतक धौलीको घटनास्थलमै मृत्यु भएको र रित्तिकाको उपचारको क्रममा धनगढी निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले बताउनुभयो । 

त्यस्तै उक्त जिप दुर्घटनामा परी घाइते हुनेमा बैतडी डिलासैनी ५ का वर्ष १९ का चालक वासुदेव नाथ, दार्चुला लेकम ६ का वर्ष ४५ का जगत धामी, सोही ठाउँ बस्ने वर्ष ३१ का हरिष पार्की, उनकी श्रीमती वर्ष २६ की भावना ओड पार्की रहेकी छन् । 

त्यस्तै घाइते हुनेमा बैतडी डिलासैनी ६ का वर्ष १७ का अर्जुन लुहार र सोही ठाउँ बस्ने वर्ष २२ की रेखा ओड र दार्चुला मालिकार्जुन ४ की वर्ष ६० की मानमती धामी रहेको निरीक्षक शाहले बताउनु भएको छ । 

घाते सातै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button