तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ली किसानहरूलाई मार्सीधान रोप्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान रोप्ने चटारो सुरु भएको छ । जुम्लाका सिंजा, पानसय तथा चौधिबीस क्षेत्रमा किसानलाई धान रोप्ने चटारो लागेको हो ।

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा धान रापेपछि जुम्लामा धान रोप्न सुरु भएको थियो । यद्यपि, यहाँको गुठिचौर गाउँपालिका क्षेत्रमा भने धान रोपाई अन्तिम चरणमा पुगेको छ ।

बाढीले सिँचाई कुलो बगाएपछि रोपाइमा ढिलाइ भएको किसान बताउँछन् । जुम्लामा पहिलो पटक धान रोपिएको खेतलाई ‘गुरुफोक्टो’ भनिन्छ । घना जङ्गल रहेको उक्त क्षेत्रमा लछालकृति पैकलाले धानखेती सुरु गरेपछि बिस्तारै जङ्गल मार्सी फाँट बनेको तातोपानी गाउँपालिका–२ का स्थानीय अगुवा धनबहादुर बुढा बताउनुहुन्छ ।

त्यस्तै तातोपानी–२ कै जर्मी, डाँगीबाडा र सुन्दर गाउँका किसानले रोप्दै आएको ज्युलोमा भने अझै धान रोपाई सुरु भएको छैन । त्यहाँको कुलो पनि विभिन्न ठाउँमा भत्किएकोले किसान कुलो पुनर्निर्माणमा जुटेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि जुम्ली मार्सीधानको उत्पादन भने बढेको छैन । विभिन्न प्राकृतिक विपत्ति मार्सी धानको उत्पादनमा गिरावट आएको छ ।

कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लाको कुल २९ सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ । १४ सय हेक्टरमा स्थानीय जातको मार्सीधान र बाँकी क्षेत्रमा उन्नत जातको धान खेती हुने गर्दछ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले मार्सीधानको उत्पादन वृद्धि र संरक्षणका लागि कार्यालयले विभिन्न काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button