तपाईँ सुन्दै हुनुहुन्छः

सरोकार समिति बैठक:  हिमाली क्षेत्रको पर्यावरण जोगाउन राज्य गम्भीर भएर लाग्नु पर्नेमा जोड

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरको न्यूनीकरणका उपायहरू र सगरमाथा क्षेत्रमा देखिएका चुनौतीका विषयमा छलफल गरेको छ । 

सिंहदरबारस्थित समितिमा भएको छलफलमा सांसदहरुले हिमाली क्षेत्रको पर्यावरण जोगाउन राज्य गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका हिमालको संरक्षण, फोहोर व्यवस्थापन लगायतका विषयमा नेपालीहरूले सिक्नुपर्ने, हिमाल आरोहण गर्दा अनिवार्य रुपमा बेस क्याम्पमा उद्धार टोली खटाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा सगरमाथा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पाले जलवायु परिवर्तनले खुम्बु क्षेत्रका नागरिकले भोगिरहेको समस्याहरूबारे समितिलाई जानकारी गराउनुभयो । 

समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेस खुम्बु क्षेत्रमा गई स्थानीयले भोगेको जलवायु परिवर्तनको असरबारे थाहा पाएर अन्तर्राष्ट्रिय फोरममा महत्वपूर्ण स्थान नेपाललाई दिन सघाउनुभएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button