सबै भन्दा बढी बेरुजू मधेश प्रदेशमा
जनकपुरधाम । मधेश प्रदेशमा अन्य ६ प्रदेश भन्दा बढी बेरुजू देखिएको छ । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा मधेश प्रदेश सरकार अन्तर्गत १ सय ४९ वटा कार्यालयहरूको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्दा १ अर्ब ८५ करोड ८२ लाख ८२ हजार बेरुजु देखा परेको छ ।

मधेश प्रदेशका सो कार्यालयहरूको ३७ अर्ब ९५ करोड २१ लाख ३२ हजारको लेखा परीक्षण गर्दा सो मात्रामा बेरुजु देखा परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख रहेको छ । मधेश प्रदेशमा कूल खर्चको ३.८७ प्रतिशतले बेरुजु देखिएको छ ।
यसै गरि पेश्की बाहेक बेरुजु प्रतिशत २.९३ रहेको प्रतिवेदनमा उल्लेख छ । पेश्की बाहेक मधेसमा कुल १ अर्ब ४० करोड ५६ लाख ७४ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, महालेखापरीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशमा २.५० प्रतिशत, बाग्मतीमा १.१५ प्रतिशत, गण्डकीमा १.९५, लुम्बिनीमा १.९५, कर्णालीमा २.५९ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.९५ प्रतिशत बेरुजु रहेको पाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्