कार्यादेश बनाउन बसेको कार्यदलको बैठक विना निष्कर्ष सकियो

काठमाडौँ । सहकारी प्रकरण छानबिनका लागि संसदीय छानविन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि समितिले छानविन गर्नुपर्ने अडान लिएका कारण सहमति हुन नसकेको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी भने कांग्रेसको अडानमा सहमत हुन नसकेपछि आज पनि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा एमाले नेता महेशकुमार बर्तौला, नेपाली कांग्रेसका नेताहरू, ज्ञानेन्द्र काकी र जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सहभागी हुनुहुन्थ्यो ।
।







प्रतिक्रिया राख्नुहोस्