तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक युवकको मृत्यु

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका–३ श्रीनगरका निवासी बर्ष ३० का प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

धारामा मोटर लगाएर पानी तान्ने क्रममा चौधरीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहोराले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहोराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button