तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी बैठक तय भएको जानकारी दिनुभयो । 

सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबिच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button