तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीच अद्धितिय सम्बन्ध : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल र भारतबिच धार्मिक र सांस्कृतिक रुपमा अद्धितिय सम्बन्ध रहेको बताउनु भएको छ । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको भेटवार्ताका क्रममा मन्त्री तामाङले दुई देशबिच भाईचाराको मात्रा नभई साँस्कृतिक रूपमै बलियो सम्बन्ध भएका कारण दुई मुलुकको पर्यटन प्रवद्र्धनका लागि एक आपसमा सौहार्दपूर्ण सहकार्य गर्नु पर्ने आवश्यकता औँल्याउनु भएको हो । आज मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री तामाङले लुम्बिनीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालनमा सहयोग गर्न राजदूत श्रीवास्तवसमक्ष आग्रह गर्नु भएको थियो ।

जवाफमा राजदूत श्रीवास्तवले विमानस्थल सञ्चालनमा आफुहरुको पुर्णरुपमा सहयोग गर्ने प्रयास रहेको बताउनुभयो । उहाँले नेपाल आउने अधिकांश पर्यटक भारतीय भएको कारण सडकबाट आउने भारतीय पर्यटकको असुविधाप्रति मन्त्री तामाङको ध्यानाकर्षण गर्नुभएको थियो । मन्त्री तामाङले भारतीय पर्यटकको सुविधाको ख्याल गर्दै पहाडी इलाकामा इको हिल स्टेशन निर्माणको योजना रहेको बताउनुभयो ।

भेटवार्ताका क्रममा उहाँहरूबिच आगामी ज्येष्ठ दश गते बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि आपसी सहकार्यबारे छलफल समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button