पार्टीका आन्तरिक समस्या अन्त्य गर्नुपर्छ : मन्त्री चौधरी
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य भगवती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या हल गर्न सके आगामी निर्वाचनमा पार्टीलाई एक बनाउन कुनै पनि तत्त्वले रोक्न नसक्ने बताउनुभयो ।
सुनसरी जिल्ला विविधताले भरिएको जिल्ला भएको भन्दै मन्त्री चौधरीले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन हुँदा कुनै न कुनै रूपमा असन्तुष्टि बढ्ने भएकाले त्यसको अन्त्यका लागि पनि सर्व सहमतिमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्