काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
काठमाडौँ । काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत लेनडाँडा सुरुङमार्गको आज ब्रेक थ्रु भएको छ ।

राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङको आज ब्रेक थ्रु भएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी गौरव कुमार के.सीले जानकारी दिनुभयो ।

निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गको पनि छिट्टै ब्रेक थ्रु गरिने नेपाली सेनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्