तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्कियो

कञ्चनपुर । कञ्चनपुरस्थित हुलाकी सडकखण्डमा विस्फोटक पदार्थ पड्किएको छ । 

पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्कास्थित कालोपत्रे गरिएको पक्की सडकमा बिहीबार दिउँसो विस्फोटक पदार्थ पड्किएको हो । 

कुनै बस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका बस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । 

विस्फोटक पदार्थ पड्किँदा हुलाकी सडकखण्डको करिब २ मिटर जति गोलाइमा खाल्डो परेर क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button