तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । 

काँग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button