तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यको अवरोध पछि सभामुख भिम बहादुर भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नु भयो । बैठक शुरु हुनासाथ उठेर विरोध जनाएका प्रदेश सभा सदस्यहरु नाराबाजी सहित  रोष्टम घेराउ गर्न पुगेका थिए । त्यस अघि बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री सोडारीलाई नागरिक उन्मुक्तिको समर्थन नरहेको बताउनु भयो । उहाँले असंवैधानिक रुपमा मुख्यमन्त्रीको नियुक्त गरिएकाले त्यसको खारेजीको माग गर्नुभयो ।

आजको बैठकमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button