एमाले बाजुराको जिल्ला अधिवेशन आजबाट सुरु

बाजुरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाजुराको आठौँ जिल्ला अधिवेशन आजदेखी सुरु भएको छ । आज देखि सदरमुकाम मार्तडीमा शुरु भएको अधिवेशन जेठ ३ गतेसम्म सञ्चालन हुने एमाले बाजुराले जनाएको छ।

अधिवेशनको नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले उद्घाटन गर्नुभएको छ। अधिवेशनमा नेकपा एमालेका जिल्ला स्थित केन्द्रिय नेताहरू तथा वडा स्तर बाट प्रतिनिधि छनौट भएर नेता कार्यकर्ताहरू सदरमुकाम मार्तडीको खुलामञ्चमा आयोजित खुला सभामा सहभागी भएका छन्। अधिवेशन बाट जिल्ला कमिटीको नयाँ नेतृत्व आउने जिल्ला कमिटी अध्यक्ष भरत थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्