सिंहदरबारमा मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
सरकारले आजै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।








प्रतिक्रिया राख्नुहोस्