मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिनुहुने
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ३ गतेका लागि आह्वान गरिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनार्थ आगामी जेठ ३ गते बिहान १०ः१५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हाे । उक्त बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुतको कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो ।
यसअघि वैशाख २१ गते र २२ गते दुई पटक आह्वान गरिएको प्रदेश सभा बैठक स्थगित भएको थियो । उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भएपनि सत्ता गठबन्धन दलमा समझदारी नहुँदा बैठक स्थगित गरिएको थियो ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एस संसदीय दलका नेता सोडारीलाई जेठ ४ गतेभित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, स्वतन्त्रको समर्थन रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्