पर्यटन व्यवसायी तथा समाजसेवी रोहित कार्की सम्मानित

काठमाडौँ । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक, युवा पर्यटन व्यवसायी तथा गोर्खाली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित हुनुभएको छ ।
फोकस नेपालले नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरूको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो ।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान्, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुनुहुन्छ । पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, खेलकुद अभियन्ता समेत हुनुहुन्छ ।
लामो समय पर्यटन, खेलकुद प्रवर्द्धन, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका रोहित कार्की सामान्य र सरल स्वभावका विभिन्न सङ्घसंस्थामा आबद्ध छन्







प्रतिक्रिया राख्नुहोस्