तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्बासी समुदायलाई लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतना प्रशिक्षण 

चितवन । चितवनको रत्ननगरमा सुकुम्बासी समुदायलाई लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत रत्ननगर वडा नं १२ स्थित शालघाली सुकुम्बासी समुदायलाई आज लागुऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको हो ।

सुकुम्बासी समुदायका युवाहरू कुलतमा फस्ने क्रम बढ्दै गएपछि सचेतनामुलक कार्यक्रम गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले बताउनु भयो  । गरिब बस्तीहरूमा लागु औषध प्रयोग बढी हुने गरेको भन्दै उहाँले लागु औषधको जोखिमबाट युवाहरूलाई बचाउन समुदाय केन्द्रित कार्यक्रम गरिएको उहाँको भनाई छ । वडा कार्यालयको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र टिकौलीका प्रकाश शाह र सन्तोष ठकुरीले सहजीकरण गर्नुभएको थियो  ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुवेदी लागु औषधको बढ्दो प्रयोगले समाजमा विखण्डन ल्याउने गरेको भन्दै यसलाई रोक्न स्थानीय सरकारले योजना बनाएर काम गरिरहेको बताउनु भयो  । लागुऔषधले मानव स्वास्थ्यमा मात्र नभई घर र समाजमा समेत असर परेको उहाँको भनाई छ । कार्यक्रममा जेसीजका मुल संयोजक रामप्रसाद पाण्डेले रत्ननगर जेसीजको रजतजयन्ती तथा जेसीज सप्ताहमा जिल्लामै दीर्घकालीन प्रभाव पर्ने रत्नबिज समिट देखि सम्मान केन्द्रित कार्यक्रम गरिएको बताउनु भयो ।

रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्लले लागु औषधले समाजमा नराम्रोसँग जरा गाडेको भन्दै यसको निर्मलीकरणको लागि अभियान चलाउनुपर्ने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button