तपाईँ सुन्दै हुनुहुन्छः

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते

बिस्केक । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ ।

जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिकाहरू घाइते भएका थिए । 

बालबच्चाका लागि आइसक्रिम बोकेको मिनीट्रक चालकको असावधानीका कारण सडकबाट एकाएक विद्यार्थीको भिडमा खसेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा ९–१६ वर्षका ३१ बालबालिका घाइते भएका थिए जसमध्ये चारको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button