धनकुटामा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–६, जिरो प्वाइन्टस्थित खोक्लेन टापु छेउमा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
सङ्खुवासभाबाट इटहरी जाँदै गरेका को१ज २८२६ सुमो बिहान करिब ११ बजे दुर्घटना भएको हो ।
दुर्घटना घाइते हुनेमा झापा बिर्तामोड–७ बस्ने वर्ष २७ की खड्क माया कार्की उनकी छोरी ९ वर्षाया दिक्षा कार्की, सोही ठाउँ बस्ने वर्ष ५ का राज काकी, सङ्खुवासभा धर्मदेवी नगरपालिका–१ बस्ने वर्ष २३ कि सुनिता खड्का, सोही ठाउँ बस्ने वर्ष १८ की सुशीला खड्का, धर्मदेवी नगरपालिका–२ बस्ने वर्ष २२ की सरिता खड्का, इटहरी–४ बस्ने २१ वर्षीया गगन चम्लागाई र सोही ठाउँ बस्ने वर्ष ९ का ईश्वर चाम्लागाई रहेको जिल्ला प्रहरी कार्यालय धनुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।
घाइतेको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भइरहेको छ ।
घाइते मध्ये ५ जनालाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डीएसपी महर्जनले जानकारी दिनुभयो ।
सुमो गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गाडी चालक सङ्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने वर्ष २६ का निमा लाक्पा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्