कुखुरा व्यवसायीको समस्या समाधान गर्न पहल गर्छु : मन्त्री साह
बारा । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले बारा कुखुरा व्यवसायीहरूले भोग्दै आएको समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।

बाराको चौथो जिल्ला अधिवेशनको सदरमुकाम कलैयास्थित ५ मा रहेको नेपाल रेडक्रस सोसाइटीको सभाहलमा शनिबार उद्घाटन गर्दै मन्त्री साहले कुखुरा व्यवसायीहरूले नेपाल र भारतको बोर्डरमा भोग्दै आएका समस्या समाधान गर्न आफु अग्रसर हुने बताउनुभयो ।
कुखुराको उचित बजारीकरण नहुँदा व्यवसायीहरू मारमा परिरहेको अवस्थालाई दृष्टिगत गरेको जानकारी दिँदै मन्त्री साहले चाँडै बजारीकरणको व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
बिना लगानीका बिचौलिया धनी बन्दै गएको तथा दाना, चल्ला, महँगोमा ल्याउनुपर्ने, उत्पादित कुखुरा सस्तोमा बिक्री गर्नुपर्ने भएकाले व्यवसायीहरूलाई धेरै समस्या रहेको संघका अध्यक्ष गोविन्द पौडेलले बताउनुभयो ।
हाल सङ्घमा ३ सय ७० जना सदस्य रहेको बारा कुखुरा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कुन्दन घिमिरेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्