तपाईँ सुन्दै हुनुहुन्छः

राजविराजलाई आधुनिक शहर बनाइने : उपप्रधानमन्त्री यादव

सप्तरी । सप्तरीको सदरमुकाम राजविराजलाई आधुनिक सहरको रुपमा बनाउने नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा आज शुक्रवार राजविराज स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । 

राजविराजलाई आधुनिक सहरको रुपमा बनाऊ रिंगरोड लगायतका कामहरू सञ्चालनमा रहेको भन्दै समग्र सप्तरीको विकासको लागि सडक सञ्जाल नै जारी रहेको मन्त्री यादवले बताउनुभयो ।

सप्तरी जिल्ला विकासको दृष्टिकोणले धेरै नै पछाडि परेको मन्त्री यादवले बताउनुभएको छ ।  सप्तरीको विकासमा यहाँको केही तत्त्वहरू नै अवरोध सृजना गरिरहेको कारण विकासको मामिलामा सप्तरीको बदनामी देशभरिमा भई रहेको बताउनुभयो । जनता समाजवादी पार्टीले सप्तरीको विकासको लागि राखेको सोच अनुसार सप्तरीको विकास निश्चित रुपमा सम्भव हुने भन्दै मन्त्री यादवले सप्तरीको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

राजविराजस्थित रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको बताउँदै मन्त्री यादवले लक्ष्य अनुसार भवन निर्माणको कार्यक्रम सम्पन्न भई सकेको र छिट्टै हस्तान्तरण हुनेछ । त्यस पश्चात् जाँचका आधुनिक मेसिनहरू जडान हुने बताउनुभयो । 

गजेन्द्र नारायण सिंह अस्पताल नयाँ भवनमा सञ्चालन भए लग्नै राजविराज नगरपालिका वडा नं १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य पनि तीव्र रुपमा अगाडी बढाउने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button