पर्यटकीय मुर्मा गाउँ बिद्युतको पहुँच भन्दा बाहिर

मुगु । मुगु नेपालकै प्रमुख पर्यटकीय गन्तव्य स्थल र नजिकै मुर्मा गाउँका स्थानीय हरू विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् । अहिले सम्म पर्यटकीय गाउँमा बिद्युत् बिस्तार हुन नसके पछि मुर्मा गाउँ बिद्युतको पहुँच भन्दा बाहिर रहेको हो ।
स्वर्गको अप्सरा रारामा सदिउँ देखि बसोबास गर्दै आएका मुर्मा गाउँका ८५ परिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । आफु हरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक हरू रातीको समयमा अँध्यारै बस्नु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ ।

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरू बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएपनि रारा मुर्मा गाउँ भने पहिले देखिनै रातिको समयमा अन्धकार हुने गरेको छ
गमगढी बाट करिब १ घन्टा दक्षिण दिशामा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको गम गाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्ट्रिय प्रसारण लायन समेत मुगु पुगिसकेको छ ।
अहिलेसम्म पर्यटकीय गाउँ मुर्मा , रारा लगायत सोरू ,खतेड र कार्मारोङमा लाइन बिस्तारको काम अघि नबढ्दा स्थानीय जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ ।
अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत् प्रतीक्षा गर्दै दिन बित्न थालेको छ । गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि सल्लोको दियालो बालेर जेनतेन समस्या टारेका छन् रारा मुर्मा गाउँका वृषबहादुर रोकायाले दुखेसो पोख्दै भन्नू भयो सरकारले हामीलाई बत्तीको सुविधा दिन सकेको छैन ।मुर्मा गाउँका स्थानीयले गम गाढ जलविद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष विद्युत् उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन् । पर्यटकीय गाउँ भनेर सबै हेर्न यहाँ आउँछ मुर्मा गाउँमा भने बत्ती छैन । रोकायाले भने हाम्रो बसोबास अँध्यारोमा छ। निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ, उनले भने, गरिबीले गर्दा सौर्य पाता किन्ने क्षमता छैन ।
चार वर्ष अघि गम गाढ साना जलविद्युत आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत् लैजान लाइन बिस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ ।
ताल्चा, पिना, झयारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुँच पुगेको भएपनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निराश छन् । निकुञ्जले गर्दा मुर्मा गाउँमा सडक बिस्तारमा बाधा भएको छ । गाउँमा सडक नपुग्दा स्थानीय दुई घण्टा हिँडेर गमगढी पुग्ने र फेरि दुई घण्टा उकालो चढेर घर पुग्ने गरेका छन् । यो आर्थिक बर्षमै रारा मुर्मा गाउँमा विद्युत् पुर्याउन लक्ष्य रहेको गम गाढ जलविद्युत आयोजना प्रमुख साजन बहादुर ऐडीले बताए । ठेक्का मार्फत काम सुरु भइरहेको उनको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्