तपाईँ सुन्दै हुनुहुन्छः

भासिएको पुलको निर्माण असार १५ भित्र सक्न उपप्रधानमन्त्री महासेठको निर्देशन

जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले धनुषा तथा सिरहा जिल्लालाई जोड्ने कमला नदीमा निर्माण भएर सञ्चालन नहुँदैभासिएको पक्की पुलको आज स्थलगत अनुगमन गर्नुभएको छ ।

धनुषा जिल्लाको कमला नगरपालिकाको सघारा तथा सिरहा सिरहा नगरपालिका जोड्ने निर्माण भएर सञ्चालन नहुँदै पुलका दुई वटा पिलर भासिएपछि सो क्षेत्रका जनता कमला नदी पार गर्न सास्ती खेप्दै आएका छन् । पुलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री महासेठले असार १५ गतेभित्र पुल सञ्चालन हुने गरी काम सम्पन्न गर्न कडा निर्देशन दिनुभयो ।

उहाँले तीन सिफ्टमा कामदार खटाएर भए पनि भासिएको पुललाई निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै रकमको चिन्ता नलिई कामको परिणाम दिन आग्रह गर्नुभयो ।

अहिले निर्माण कम्पनीले दुई सिफ्टमा भासिएको पुलको पिल्लर भएको ठाउँमा नयाँ ३० मिटर गहिरो ठाउँबाट नयाँ पिल्लरको निर्माण गरिरहेको छ ।

यसैगरी उपप्रधानमन्त्री महासेठले धनुषा जिल्लाको सवैला नगरपालिका तथा सिरहा जिल्ला जोड्ने कमला नदिमा केही समय अगाडी प्रधानमन्त्री पुष्पकमल दहलालले शिलान्यास गर्नुभएको पक्की पुलको निर्माणका विषयमा जानकारी लिनुभएको छ ।

अहिले सो ठाउँमा पुलको निर्माण तीव्र गतिमा निर्माण कम्पनीले काम गरिरहेका छन् । साथै, हुलाकी राजमार्गको भौतिक अवस्थाको विषयमा यातायातमन्त्री महासेठले जानकारी लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button