तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ। संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेर परिषद्को बैठक राख्नुभएको छ ।

परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहान ९ बजेका लागि बोलाइएको छ । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । अहिले संवैधानिक निकाय तथा आयोगमा गरी ७ जना पदाधिकारी रिक्त छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button