बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल भएको हो । शीर्ष नेताहरू बीचको बैठक बालुवाटारमा अहिले जारी छ ।
छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक र संवैधानिक परिषद्का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्