तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा स्थानीय संस्थालाई सहयोग

मकवानपुर । नेपाल निर्माण व्यवसायी महासङ्घको हेटौँडामा सम्पन्न २५औँ साधारण सभाको अवसरमा महासङ्घ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले स्थानीय दुई संस्थालाई आर्थिक सहयोग गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित सेन्टर फर अटिजम मकवानपुर र हेटौँडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई निर्माण व्यवसायी महिला समन्वय समिति र निर्माण व्यवसायी सङ्घ मकवानपुरका पदाधिकारीहरूले शनिबार २५/२५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य एवं महिला समन्वय समितिकी संयोजक गङ्गा पोखरेलले महासङ्घको साधारण सभाको अवसरमा आन्तरिक रूपमा स्रोत जुटाएर सामाजिक संस्थालाई सहयोग गरिएको बताउनुभयो।

सहयोग कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य गीता शाही, निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल लगायत महासङ्घका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button