तपाईँ सुन्दै हुनुहुन्छः

कोशीमा डुबेर बेपत्ता तीन बालबालिकाको शव भेटियो

उदयपुर । उदयपुरमा गत चैत ११ गते आइतबार होली खेलेर नुहाउने  क्रममा सुनकोसी नदीमा डुबेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ ।

बेपत्ता मध्ये ९ बर्षीया रिदम मगरको सव हिजो मङ्गलवार बेलुका घटना स्थलभन्दा एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो । 

आज बिहान १२ बर्षीया रेखा मगरको शव घटना स्थलदेखि दुई किलोमिटर तल सिम्लेमा फेला परेको थियो भने अर्का बालक १२ बर्षीया लोकबहादुर मगरको शव आज दिउँसो सोभन्दा १ किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।

जिल्लाको त्रियुगा नगरपालिका १४ साउने बजारका ३ बालबालिका पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button