तपाईँ सुन्दै हुनुहुन्छः

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

काठमाडौँ।त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button