तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका सभामुखलाई 

जनकपुरधाम । मिथिला नाट्यकला परिषद्ले होली पर्वमा प्रदान गर्दै आएको हास्यव्यङ्ग्य सहितको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ ।  

होली पर्वको पूर्व सन्ध्यामा जनकपुरधामको राम मन्दिरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्ख घोषित गरि विशिष्ट शैलीमा महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रदान गर्नु भयो । 

सभामुख मण्डललाई प्रशंसा पत्र, तरुलको माला तथा अलौकिक टोपीले लगाएर उक्त सम्मानपत्र हिजो अबेर साझ राम मन्दिरको परिसरमा सम्मानित गर्ने काम भएको थियो । शिक्षण पेशा छाडेर नेकपा माओवादी जनविद्रोहमा सक्रिय भएर शान्तिपूर्ण राजनीतिमा आई लगातार दुई कार्यकाल प्रदेश सभामा निर्वाचित हुनु भएका मण्डल हाल नेकपा एमालेका तर्फबाट सभामुख बन्नु भएको छ ।  

सोही कार्यक्रममा मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र सिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक महावीर दासलाई सदाबहार मूर्ख, रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाख नन्दन, सञ्चारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधिले सम्मानले सम्मानित गर्ने काम भएको थियो । 

त्यस्तै मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योग गुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्र किट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधिले सम्मानित गरिएको थियो । विगत केही वर्ष देखि मिनापले महामूर्खको उपाधि विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्दै आएको छ । 

यस अघिको कार्यक्रममा यस क्षेत्रका चर्चित कवि, कवयित्रीहरूले विभिन्न प्रकारका जोगिरा, होलीमा आधारित कविता वाचन गरेका थिए । यस अघि होरी महोत्सव आइतबार गरेका थिए ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button