तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु

मकवानपुर ।  मकवानपुरमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चारवटा गाइको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६५ वर्षीय रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अवस्थामा फेला परेको भनी टेलिफोन मार्फत स्थानीयले जानकारी गराए पश्चात् प्रहरी चौकी झुरझुरेबाट प्रहरी टोली खटी गई हेर्दा बाघले २ वटा गाईको पछाडिको शरीरको भाग खाएको २ वटा आक्रमण गरि मारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button