तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

सभाको आज बसेको बैठकमा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा सदस्य अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हो । 

जनता समाजवादी पार्टीकी सांसद अन्सारीको ६० वर्षको उमेरमा काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । 

अन्सारी जनता समाजवादी पाटीबाट २०७९ चैत्र १९ गते प्रतिनिधि सभा सदस्य चयन हुनु भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक चैत्र ७ गते बुधवार बिहान ११ः०० बजे १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button