तपाईँ सुन्दै हुनुहुन्छः

‘बालबालिकालाई अनुशासनमा राख्न अभिभावक पनि अनुशासित हुन आवश्यक’

बाँके । बालबालिकाको भविष्यको चिन्ता अभिभावकलाई जति हुन्छ त्यति नै चिन्ता विद्यालय अनि शिक्षकलाई हुन्छ। नयाँ शैक्षिक सत्रको सुरु भएदेखि बेला बेलामा अभिभावकलाई बोलाएर अभिभावकको सुझाव सल्लाह र राय लिने गरिएको जीवन ज्योति स्कुलका प्रिन्सिपल फा.जोमन जेम्सले बताउनुभएको छ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको जीवन ज्योति स्कुलले शनिबार कक्षा नर्सरी देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई बोलाएर आगामी दिनमा बालबालिकाको शैक्षिक स्तर सुधार्न विद्यालयले के कति कुरामा सुधार गर्नुपर्ने कस्ता कस्ता योजना लागु गर्नु पर्ने जस्ता विषयमा छलफल गरेको विद्यालयका प्रशासन शाखा प्रमुख कल्याण तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले विद्यालयको आगामी शैक्षिक रणनीति सम्बन्धमा छलफल, प्रस्तावित शुल्क अनुमोदन सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभएको हो।

यस्तै अभिभावक भेलालाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल फा. जोमन जेम्सले बालबालिकालाई नैतिकवान र अनुशासित बनाउन पहिले अभिभावक नै अनुशासित हुनुपर्ने बताउनुभयो । बालबालिकालाई मोबाइलको लत छुटाउन अभिभावक नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button