तपाईँ सुन्दै हुनुहुन्छः

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकले आयोगको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी दुई प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय पनि सरकारले गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा र किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा पठाउने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button