प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । त्यस क्रममा अध्यक्ष उपेन्द्र यादवले सांसदहरूलाई सरकारको पक्षमा मत दिन हृवीप जारी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्