माधवकुमार नेपालले गरे सत्ता गठबन्धनसँग सहमति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।
मंगलबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।
यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले ७ बुँदे सहमति गर्नुभएको थियो । एकीकृत समाजवादीले पनि सो सहमतिमा हस्ताक्षर गरेपछि अब यो पाँच दलीय गठबन्धन बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्