एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी एमालेले संसदीय दलको बैठक बोलाइएको हो ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।
रोचक बन्दै राष्ट्रियसभाको अध्यक्षको निर्वाचन
आजै राष्ट्रियसभाको अध्यक्षका लागि निर्वाचन हुँदैछ । आज बिहान ११ बजे निर्वाचन हुन लागेकाे हाे ।
सभाको अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माको उम्मेदवारी छ । सत्ता गठबन्धनमै रहेको एकिकृत समाजवादीले अहिलेसम्म कस्लाई मतदान गर्ने भन्ने विषयमा अर्निणत भइदिँदा आजको निर्वाचन रोचक बनिरहेको छ । एकिकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग लिखित संझौता नगरे राष्ट्रियसभाको अध्यक्षका लागि मतदान नगर्ने बताउँदै आइरहेको छ । राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य हुनुहुन्छ । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद हुनुहुन्छ । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद हुनुहुन्छ । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट हुनुहुन्छ ।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद हुनुहुन्छ । लोसपाका एक, राष्ट्रिय जनमोर्चा काएक सदस्य हुनुहुन्छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि सदस्य हुनुहुन्छ । गौतमले कता भोट हाल्छन्, खुलाइसक्नुभएको छैन ।







प्रतिक्रिया राख्नुहोस्