ढुङ्गाको पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । तातोपानी गाउँपालिका–१ स्थित राँका र बाईराँका गाउँको बीचमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

ठुला ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले पहिरो पन्छाउन मेसिन परिचालन भइसकेको बताउनुभयो । छिटै सडक खुलाउन प्रयास गरिने उनको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्