उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाको उपाधिका लागि घरेलु टोली नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् ।
नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले एक अङ्क बाँडे । यो नतिजासँगै चार खेलमा पाँच अङ्क जोड्दै नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो । नामिबिया समान खेलबाट तीन अङ्कका साथ पुछारमा रह्यो ।
नेपालले चार खेलमा चार अङ्कका साथ दोस्रो स्थानमा रहेर फाइनल यात्रा तय गर्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटन ३४ र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए । भारी वर्षाका कारण खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई अङ्क प्रदान गरिएको हो । फाइनल मङ्गलवार हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्