तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा काँग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

File Photo

काठमाडौँ I सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button