तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले भोलि लुम्बिनी प्रदेश सभाको बैठकमा सम्बोधन गर्नुहुने

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सम्बोधन गर्नुहुने भएको छ । लुम्बिनी प्रदेश सभालाई शनिवार प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने प्रदेश सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक शुक्रबार ५ मिनेट १७ सेकेन्डमा सकिएको थियो ।

लामो समयपछि शुक्रबार बसेको तेस्रो अधिवेशनको पहिलो बैठक शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले विवादरहित बनाउन छोटो गराइएको बताइएको छ ।

शुक्रबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएसँगै पहिलो बैठकको समय छोटो भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जनाकारी दिनुभयो ।

प्रदेश सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयक लगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ ।

यसअघिका दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button