तपाईँ सुन्दै हुनुहुन्छः

एयर ट्राफिक कन्ट्रोलको काम २ दशकदेखि देखि काठको टहरामा 

मुगु । विकासको दृष्टिकोणले नेपालकै पछि पारिएको  कर्नाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेको एकमात्र  विमानस्थल ताल्चामा प्रतिकुल मौसम बाहेक दैनिक जसो हुने हवाई  उडान र अवतरणको निम्ति एयर ट्राफिक कन्ट्रोलको काम  दुई दशक   देखि  काठको  सानो टहरो बाट सञ्चालन हुँदै आएको छ ।

 विमानस्थल  सञ्चालनमा  आएको  करिब डेढ दशक पछि २०७६ सालमा रू ८ करोड ६५ लाख बजेट बिनियोजन   गरी  टर्मिनल भवन निर्माण गर्ने  काम अगाडि बढेको भएपनि ६ वर्षमा  पनि  टर्मिनल भवन बन्न  नसक्दा   अझै पनि काठको टहरो बाट काम चलाउनु परेको रारा  नागरिक उड्डयन प्राधिकरण  ताल्चाले जनाएको  छ ।

टर्मिनल भवन निर्माण कार्यको जिम्मा ओम बुद्ध इनटरनेशनल कन्ट्रक्सन प्रालीले लिएको छ । २०८० चैत मसान्तसम्म टर्मिनल भवन निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको कन्ट्रक्सन अफ टर्मिनल बिल्डिङ  रारा विमानस्थलका आयोजना प्रमुख महेश नेपालीले बताउनु भयो ।

अहिलेसम्म करिब ६५ प्रतिशत काम भएको छ। धावन मार्गको  दक्षिण तिरको भागमा सल्लाको काठको फ्ल्याकले वरिपरि  बारेर निर्माण गरिएको टावर हुरी बतास लागे बेस्सरी हल्लिने गरेको  र   टहरा सामान्य तारबारले बारेको भएपनि  भित्र रहेका महँगा उपकरणहरू समेतको सुरक्षा चुनौती रहेको रारा विमानस्थल ताल्चाका प्रमुख सन्तोप  गौतमले बताउनु भयो ।  एक तले टहरोभित्र उपकरण राखेर कर्मचारीले नेपालगन्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाज डाक्ने  अवतरण र उडाउनका निम्ति आवश्यक सूचना आदान  प्रदान गर्दै आएका छन्  ।

काठको टहरोभित्र बसेर जहाज उडान र अवतरण गर्नु परेको रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख  गौतमको  भनाई छ  २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाई धावन मार्गको कालोपत्रे बनेपनि मुख्य संवेदनशील टर्मिनल टावर बन्न नसक्दा कर्मचारीले जोखिम मोलेर काम गर्नु परेको गौतमले सुनाए ।   २०५९  साल बेशाख २ गते नेपाल एयरलाइन्सको जहाज बाट  परिक्षण उडान भराई २०६५ साल बाट नियमित रूपमा  विमानस्थल सञ्चालन हुँदै आएको   छ ।

त्यसो त यहाँ टर्मिनल टावर मात्र होइन, यात्रुको चेकजाँच कार्यालय समेत काठको टहरो भित्रै छ । नेपालगञ्ज झर्ने यात्रुलाई सुरक्षाकर्मीले बाहिर चौरमा चेकजाँच गरी काठको टहरो भित्र पसाउने र धावन मार्गमा जहाज अवतरण भएपछि टहरोको ढोका खुलेर पठाउने गरेका छन् । रारामा पर्यटक आगमनले गर्दा नेपालगन्जदेखि दैनिक ३ देखि ४ वटा उडान हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button